सैघाली खबर,
घोराही १९ फागुन।
दाङमा होली र्पव हर्षोल्लासका साथ मनाइएको छ। एक आपसमा सद्भाव साटासाट गरेर होली मनाइएको छ।
टुर्वोग बियरले आयोजना गरेको होली बिशेष कार्यक्रममा घोराहीको मिलन केन्द्रमा युवा युबतीहरु रङग र सगित सगं झुमेका थिए। उनीहरु हातमा रङ र अबिर बोकेर आपसमा रङ लगाएर हर्षोल्लास पूर्वक होलीमा होमिएका थिए। घोराहीको मिलन केन्द्र रगिन बनेको थियो।यस्तै घोराहीको बिभिन्न स्थानमा होली बिशेष कार्यक्रम सम्पन्न भएको थियो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।