खेलकुद

आईसीसी महिला टी–ट्वान्टी विश्वकप : कुवेतमाथि नेपालको शानदार जित

By Thah Online

November 25, 2021

काठमाडौं । आइसिसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको शानदार जित हात पारेको छ । 

बिहीबार आजको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । दुबईमा भएको उक्त खेलमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको हो ।

नेपालको जितमा नेपालकी ओपनर सीता राना मगर शून्यमा आउट हुँदा अविजित रहँदै रुविना क्षेत्रीले १२ र इन्दु बर्माले १३ रन बनाए । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कुवेतलाई आउट गर्न नेपालकी सङ्गीता राईले ३ विकेट लिइन् ।

यस्तै कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले २-२ तथा सरस्वती कुमारी चौधरीले १ विकेट लिए ।