आयुष्मान्को डेब्यु म्युजिक भिडियो ‘पोखरेली नानी’ सार्वजनिक ( भिडियो )



काठमाडौँ । वरिष्ठ गायक स्वर्गीय जगत् मर्दन थापाका नाति गायक आयुष्मान् बिस्टको स्वरमा रहेको रोमान्टिक भर्सनको ‘पोखरेली नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले  यस गीतलाई सङ्गीतबद्ध गरेका हुन्।  गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको छ।

गीतको भिडियोमा युवा-युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुष्मान् बिस्ट फिचर्ड छन्।  सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्।  विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ।

पुष्पाञ्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईँको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत सार्वजनिक भिडियोलाई  दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्