प्रदेश समाचार

राप्ती गाउँपालिकामा सूचनाको हक र सञ्चार सबलीकरण विषयक अन्तरक्रिया सम्पन्न

By Saru Sunar

November 25, 2021

ओमप्रकाश गुप्ता भालुवाङ ९ मङ्सिर । सूचनाको हक र सञ्चार सबलीकरण विषयक अन्तरक्रिया कार्यक्रम आज दाङ देउखुरीको मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई सहजीकरण गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय पूर्व अध्यक्ष गोविन्द आचार्यले सूचनाको हक प्रयोग गर्दा कतिपय कुराहरू गोप्य राख्नुपर्ने भएकोले दिन मिल्ने सूचना सजिलै दिन सकिने बताउनु भयो । कतिपय सूचनाहरू व्यक्ति सँग पनि जोडिने भएकोले दिन नमिल्ने बताउनु भयो । कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, सञ्चार विज्ञ गोविन्द रोका लगायतका वक्ताहरूले आ- आफ्नो भनाई राख्नु भएको थियो । राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको स्वागतबाट सुहरू भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले गर्नु भएको थियो ।