लक्ष्मी नगरमा इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्घाटन



अजय मिश्रा, कृष्णनगर, मङ्सिर ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा आज हिँडो नेपाल क्रिकेट टूर्नामेंटको उद्घाटन सम्पन्न भएको छ l उक्त टूर्नामेंट उद्घाटन कार्यक्रम मिर्जा राशिद वेगको अध्यक्षता प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, विशिष्ट अतिथिमा नेकपा एमालेका नेता शिव प्रसाद जयसवाल, जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, अतिथिमा मुशताक अहमद खां, नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं ३ कमिटी अध्यक्ष साजिद अलि मुसलमान, नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्या, उपाध्यक्ष मेहताब आलम, इम्बार्क इन्टरनेशनल का प्रबंधक मनिराम कहार, दुख्खी मुसलमान, समसुद्दिन, अजय धोबी, अहमद रजा (बब्लू), मतिउल्ला खां लगायत रहनुभयोl कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खेलकुद ले व्यक्तिमा एकताको भावना जागृत गरि युवाहरू लाई भविष्य मा अगाडि बढ्न प्रेरणा समेत दिने गरेको बताउनुभयोl खेलकुद बाट व्यक्तिको शारीरिक, मानसिक, सामूहिक भावना, सकारात्मक प्रतिस्पर्धा को विकास भई व्यक्ति अनुशासित हुने गरेको हिँडो नेपाल क्रिकेट टूर्नामेंट लक्ष्मी नगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य एवं उद्योगी मिर्जा राशिद वेग ले बताउनुभयो l आज भएको खेलमा चार टिम बिच प्रतिस्पर्धा भएको थियो l पहिलो खेल हृदय नगर र कृष्णनगर दोस्रो खेल इम्बार्क इन्टरनेशनल र बढ्नी डिहवा बिच भएको थियो l जस्मा इम्बार्क इन्टरनेशनल र हृदय नगर टिम विजय भएको आयोजकले जनाएको छ l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्