अपराध

झापामा ब्राउन सुगरसहित ७ जना प’क्राउ

By Thah Online

November 26, 2021

झापा । झापाको भद्रपुरबाट लागु औषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउनसुगरसहित प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरूका साथबाट चार ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, एक थान नाइट्रोजन ट्याब्लेट, एक थान डिजिटल तराजु, मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकल बरामद गरेको कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।