मामाको ह’त्यामा संलग्न भान्जा प’क्राउ



काठमाडौँ । काठमाडौँमा आफ्नै मामाको ह’त्या गरेको आ’रोपमा एक जना युवक प’क्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु पुलामी मगरको ह’त्या गरेको आ’रोपमा उनको भान्जा १९ वर्षीय मिलन लुङगेनी मगरलाई प्रहरीले प’क्राउ परेको हो ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीका अनुसार गत मङ्सिर ८ गते लुङगेनीले सँगै बस्ने मगरलाई कु’ट’पिट गरेका थिए । कु’ट’पिट पछि घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको थियो । लुङगेनीलाई धादिङको थाक्रेबाट पक्राउ गरिएको पगेनीको भनाइ छ । निजलाई प’क्राउ गरी आवश्यक कानुनी कारबाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्