तीनवटी श्रीमतीलाई पालो नपुगेपछि सैनिकले दिए राजीनामा



काठमाडौं। सीमामा देशको सुरक्षाको जिम्मा र घर परिवार, पत्नी छोराछोरीको चिन्ता, यी दुई कुराहरू लगभग हरेक सैनिकको जीवनमा हुन्छन् । इराकमा यस्तै जटिल परिस्थितिबाट गुज्रिरहेका एक सैनिकले राजीनामा दिए । यी सैनिकले जागिर छोड्नुको कारण निकै अनौठो छ र यही कारणले यो विषय अहिले धेरै चर्चामा छ ।

राजीनामा दिने सैनिकका तीन पत्नी छन् । एक स्थानीय न्युज पोर्टल न्यास न्युजलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएअनुसार उनका पत्नीहरूले सधैँ सेनामा आफ्ना पतिलाई निकै कम बिदा दिइने भएकोले आफ्ना पति परिवारसँग बस्नको लागि समय मिलाउन नसकेको गुनासो गरिरहन्थे । श्रीमतीहरूलाई पालैपालो समय पुर्‍याउन नसकेका ती सैनिकले अन्ततः जागिरबाटै राजीनामा दिए ।

उनका कमान्डरले भने राजीनामा स्वीकार गर्नुको सट्टा उनलाई १२ दिन बिदा दिने निर्णय गरे । उनले ती सैनिक एक श्रीमतीसँग ४ दिनका दरले तीन वटै श्रीमतीसँग बस्न पाउन् भनेर कमान्डरले विवाद दिएका थिए । बिदा पाएपछि भने सैनिकको मन बदलियो र उनले राजीनामा फिर्ता लिए । यी सैनिक इराकको कुन टुकडीमा थिए र उनको पोस्टिङ कहाँ थियो भन्ने खुलाइएको छैन । डिसी नेपालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्