अपराध

रक्तचन्दनको तेलको अबैध कारोबार गर्ने १० जना प’क्राउ

By Thah Online

November 26, 2021

काठमाडौं ।  रक्त चन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँबाट प्रहरीले १० जनालाई प’क्राउ गरेको छ।

प’क्राउ पर्नेहरूमा , काठमाडौं महाराजगञ्ज बस्ने खोटाङ हलेसी नगरपालिका-६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका-९ घर भएका २० वर्षीय जीवन थापा, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका-६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपालिका-१३ छाउनी घर भएका ५३  वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ छन्। 

यस्तै काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका-४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका-४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामालाई पनि प्रहरीले प’क्राउ गरेको छ। 

पक्राउ परेकाहरूको साथबाट ३३ लिटर रक्त चन्दनको सुगन्धित तेल बरामद भएको छ ।  काठमाडौं महानगरपालिका-८ तिलगंगामा रक्त चन्दनको तेल प्रतिलिटर नगद ५ लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेलसहित प’क्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको महाशाखाले जानकारी दिएको छ।