प्रदेश २ को सरकारबाट लेखनाथ मा.बि का छात्रा साईकल सहयोग



सिरहा लहान  – प्रदेश सरकारको बेटी बचाउ बेटी पढाऊ कार्यक्रम अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नम्बर २४ स्थित रहेको लेखनाथ मा.वि गोविन्दपुर मलहनमाका ८ कक्षा उत्तीर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका छात्राहरूलाई साइकल सहयोग गरेका छन्।

बेटी लाई दहेज हैन शिक्षा देउँ मुलनाराको साथ प्रदेश सरकारले छात्राहरूलाई  मुख्य प्राथमिकताको साथ साइकल सहयोग गरेका हुन्। जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटी सदस्य तथा युवा नेता रामचलितर महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा जसपा विद्यार्थीका नेता तथा प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादव   रहनु भएको थियो।

प्रदेश सरकारको निर्णय अनुसार बेटीलाई अपमान हैन स्वागत  गरौँ।चेलीबेटीहरूलाई अझै शिक्षामा पहुँचको लागि प्रदेश सरकारले शिक्षामा जोड दिएका छन्।चेलीबेटीहरूलाई मनोबल उच्च पार्न शिक्षामा सहयोग हुन्छ भनेर प्रदेश सरकारले उक्त अभियान सुरु गरेको हो।

विद्यार्थीहरूले साइकल पाउँदै खुसी भएर प्रदेश सरकार र साइकल उपलब्ध गराउन नेतृत्व भूमिका निर्वाह गर्नु भएका शिक्षक र राजनीति दलका प्रतिनिधिहरूलाई धन्यवाद दिएका दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्