Banner First

कुन कुन देशमा फैलियो कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन ?

By Thah Online

November 28, 2021

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ ।

यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ, भारत र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।

अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन्। बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन्।

ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्साउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ। यो भेरियन्ट ठुलो सङ्ख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाई छ। नेपालको स्वास्थ्य मन्त्रालयले पनि नयाँ भेरिएन्टको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिएको छ। मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेको जनाएको छ। वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन् ।