पाडवेश्वर महादेव मन्दिरको अध्यक्षमा अधिकारी



सैघाली खबर 

दाङ १९ फागुन । पाडवेश्वर महादेव मन्दिरको अध्यक्षमा गणेश कुमार अधिकारी चयन सर्वसम्मत रुपमा चयन हुनु भएको हो । मन्दिर व्यवस्थापन समितिको शनिवार भएको चौथो साधारण सभाले अधिकारीलाई अध्यक्षमा १९ सदस्य नयाँँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा जगवीर चौधरी, शंकर गौतम, सचिव विष्णुराम आचार्य,सह सचिव निमबहादुर चौधरी, कोषाध्यक्ष बोधीलाल शर्मा, सदस्यहरु वसन्तराज अधिकारी, धनपति शर्मा,वलीराम भुषाल गोपाल गिरिराज खड्का टेकनाथ आचार्य, क्रिषीदेव शर्मा प्रेमबहादुर डाँगी,धुब्र कुमार श्रेष्ठ, लोकबहादुर विक रहनु भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रदेशसभा सस्दस्य अम्मरबहादुर डाँगीले समय सापेक्ष लोक सँस्कृतिको संरक्षण गर्नु पर्ने वताउँनुभयो । प्राचीन मुल्य मान्यतालाई परिमार्जि गर्दै लैजानस पर्ने बताउँनुभयो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका डाँगीले दाङको आर्थिक विकासका लागि पाण्डेश्वरी मन्दिरको भुमिका महत्व भएको वताउँनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णुमणी दाहाल, १५ का वडा अध्यक्ष रमेश पाण्डे, लगायतले वोल्नु भएको थियो । साधारण सभामा सचिव विष्णुराम आचार्यले सचिव र कोषाध्यक्ष बोधिलाल शर्माले प्रगती प्रतिवेदन पेस गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव विष्णुराम आचार्य गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्