बहुविवाह मुद्दामा डेढ वर्ष कैद सजाय तोकिएकी महिला प’क्राउ



सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई प’क्राउ गरेको छ । बराहताल गाउँपालिका–१० को ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार प’क्राउ गरेको हो । विशेष सूचनाका आधारमा सारुलाई प’क्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

बहुविवाह मुद्दामा सुर्खेत जिल्ला अदालतको सारुलाई एक हजार जरिबानासहित एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो । त्यसयता उनी फरार थिइन् । प’क्राउ परेकी सारुलाई शुक्रबार नै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्