काठमाडौं । नेपाली बजारमा ( आइतबार ) सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार १०० पुगेको छ ।
शुक्रबार प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।