दरबारमार्गबाट तीन चिनियाँ नागरिक प’क्राउ



काठमाडौं  ।  काठमाडौंको दरबारमार्गबाट तीन जना चिनियाँ नागरिकलाई प्रहरीले प’क्राउ गरेको छ । 

शनबार राति १ बजे दरबारमार्गमा होहल्ला गरिरहेपछि पुगेको प्रहरीसँग लफडा गर्न थालेपछि उनीहरुलाई प’क्राउ गरिएको दरबारमार्ग बृत्तका डीएसपी विश्व खड्काले बताए । 

प’क्राउ पर्नेमा च्याङ स्याङ, खाली र निशा रहेका छन्। उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहारमा म्याद थपको तयारी गरेको छ ।
 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्