अस्ट्रेलियामा पनि देखियो ‘ओमिक्रोन भेरिएन्ट’



एजेन्सी ।अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । 

दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरू दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्थलमा उत्रिएका थिए ।

परीक्षणपछि उनीहरूमा कोभिड पोजेटिभ देखिएको थियो । सङ्क्रमित दुवै जनाले पूर्ण खोप लगाएका थिए । 

सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरूको रिपोर्ट नेगेटिभ भएको थियो । 

उनीहरू सबै जना क्वारेन्टिनमा छन् त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरूलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्