साइबर अ’पराध आ’रोपमा ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक कार्की प’क्राउ



काठमाडौं । ट्रेडमार्क चोरी र साइबर अ’पराधको आ’रोपमा प्रहरीले एक व्यापारीलाई प’क्राउ गरेको छ । हलेसी डेकोरको  ट्रेडमार्क चोरी तथा इमेलको दुरुपयोग गरेको आरोपमा ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्की प’क्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

उनले इमेलको प्रयोग गरेको विभिन्न सामाजिक संजालमा दुरुपयोग गरेको आ’रोप लागेपछि उनलाई प्रहरी प्रधान कार्यालयले प’क्राउ गरेको हो ।

पहिले हलेसी डेकोरकै सेयरधनी रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए । तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेल अनधिकृत रूपमा प्रयोग गरी फेसबुक र टिकटकमा प्रयोग गरेकाे  उजुरी परेको प्रहरीले बताएको छ ।

प’क्राउ परेका संचालक कार्कीमाथि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ट्रेडमार्क चोरी र साइबर अ’पराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार अनुमति लिइने बताइएको छ । उनले अनाधिकृत रूपमा इमेल प्रयोग गरि ग्राहक, वितरक तथा सर्वसाधारणलाई भ्रम गराएको आ’रोप छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्