प्रदेश २

सप्तरीको बिहुल खोलामा नवजात शिशु फालिएको अवस्थामा भेटीयो 

By Thah Online

November 29, 2021

सिरहा लहान – सप्तरीको सुरुङ्गा नगरपालिका ११ स्थित बिहुल खोलामा नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । करिब २५ घन्टा अगाडि जन्मिएको नवजात शिशु कपडामा बेरिएको अवस्थामा भेटिएको हो।

बिहान स्थानीय गाउँलेहरू खोलातिर सौच गर्न गएका व्यक्तिहरूले हेर्दा प्रहरीलाई जानकारी गराएका थियो। इलाका प्रहरी कार्यालय सप्तरीको टोलीले घटना स्थलमा पुग्दा छानबिनको थालिएका थिए। उक्त नवजात शिशु छोरा रहेको प्रहरीले जानकारी दिनु भयो। प्रहरीले छानबिन गर्दा शिशुको आफन्त पता नलागे पछि। बच्चा कसले फालेको हो भन्ने कुरा प्रहरीले पता लगाई कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।

घटना स्थलमा मानव अधिकार संग सरोकार राखने संस्था सप्तरीको कल्याणपुर स्थित रहेको सबल नेपालको बालबालिकाहरूलाई घर घरमा सुरक्षित कार्यक्रमको परियोजना अधिकृत राधेश्याम रामको एक समूहले शिशुलाई न्यानो कपडा र उपचारमा लाग्ने औषधी खर्चको समेत बिल फरछौँट गरी इलाका प्रहरी कार्यालय कडर्बोनाबाट खटिएको  टोलीको रोहबरमा सबल नेपालको परियोजना अधिकृत राधेश्याम रामको विशेष पहल र वडा कार्यालयको रोहबरमा  स्थानीय नि सन्तान पुर्ण साहले आफू खुसी बच्चालाई गोदलीई धर्म पुत्र अर्थात् छोराको सम्पूर्ण हक अधिकारको जिम्मेवार उनले नै हुने र आफू जीवन निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

बच्चालाई पालन पोषणको सम्पूर्ण जिम्मा आफ्नो हो भन्ने समाजको रोहबरमा प्रतिबद्धता जनाउनु भयो। सबल नेपालले  यस्तो घटनाहरूमा संरक्षणका लागि अग्रनी भूमिका खेल्दै आएका छन्।