टप फिचर

एमालेका यी तीन नेता जसले पहिलोपटक पाए पदाधिकारीमा इन्ट्री

By Thah Online

November 29, 2021

चितवन–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको बन्द सत्रमा प्रस्ताव गरेर  १९ जना पदाधिकारी छनोट गरेका छन्।     उनले  आफूनिकट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई बनाएका छन् भने उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र सुवास नेम्बाङ छन् । 

त्यसै गरी महासचिवमा शङ्कर पोखरेल महासचिव नै बनाए ।  उपमहासचिवहरूमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल नाम प्रस्ताव गरेका छन् । तर आफ्नो चर्को विरोध गर्ने रावल र भुसाललाई उनले पदाधिकारीमै समेटेनन् । 

त्यसै गरी, सचिवहरूमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका छन्।

अध्यक्ष ओलीले सचिवमा प्रस्तावित रूपन्देही १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मा  दलित समुदायबाट  एमाले स्थायी कमिटी सदस्य थिए। ओलीकालमा कुनै विशेष पदमा अवसर नपाउने एकमात्र ओलीनिकट स्थायी कमिटी सदस्य हुन् ।

सचिवमा रघुवीर महासेठ धनुषा ४ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए । एमाले स्थायी कमिटी सदस्य रहेका उनी ओलीगुटमा प्रभावशाली नेतामा गनिन्छन्। उनी गत महाधिवेशनमा  सचिवमा पराजित भएका थिए ।

अर्का सचिवमा प्रस्ताव गरेका पद्मा अर्याल नवौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य चुनिएकी थिइन्। त्यसअघि चुनाव लडेर स्याङ्जा एमालेकी अध्यक्ष बनिन्। गएको चुनावमा तत्कालीन मन्त्री गोपालमान श्रेष्ठलाई हराउँदै स्याङ्जाबाट प्रतिनिधि सभा सदस्य बनिन्। ओली सरकारमा स्वास्थ्य राज्यमन्त्रीमा इन्ट्री गरेकी उनले भूमि व्यवस्था र कृषि मन्त्रीसमेत बन्ने अवसर पाइन्।