भीम आचार्यले दिए एमाले सचिवमा उम्मेदवारी



चितवन । नेकपा एमालेमा नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् ।

एमालेको जारी १० औँ महाधिवेशनअन्तर्गत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् । कोरोना सङ्क्रमणको उपचारका क्रममा रहेका आचार्यले मनोनयन स्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

आचार्य पनि ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचीमा अटेका थिएनन् । यसअघि ओलीले घोषणा गरेको पदाधिकारीको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि र घनश्याम भुषालले उपाध्यक्षको लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्