टप फिचर

मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु : भीम रावल

By Thah Online

November 29, 2021

सौराहा । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् ।

रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराउँदै यस्तो जानकारी दिएका छन् । ‘’पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन ।  त्यसैले उम्मेदवारी दर्ता गरे,’ उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले त्यही अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हुँ ।’ 

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दुधकला विष्ट रहेका छन् ।