एमाले अधिवेशन : अध्यक्षमा केपी ओलीको मनोनयन दर्ता



चितवन । चितवनमा जारी पार्टीको १० औँ महाधिवेशनमा नेकपा एमालेका अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् ।

अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा हिजो राति ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्