मतदानमा आफूलाई सहयोग गर्न समाज सेवी चौधरीको आग्रह 



सिरहा लहान  –  नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशनहरू भइरहेको छ। यसै क्रममा सिरहा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा काँग्रेस नेता तथा समाज सेवी महेश चौधरीले उम्मेदवारी दिएका छन् । 

चौधरीले पत्रकारहरू संग कुरा गर्दै हामीले नेता सुनिल महतो, अरुण केसी, फुलेशवर महतो लगायतका समूहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँदै छु बताउनु भयो।उनले आफू देउवा पक्षको उम्मेदवार भएको दाबी गरेका हुन ।

समाजमा नेता चौधरीको योगदान निकै रहेकोले चौधरीलाई  चुनावमा विजय गराउनु जनताको सौभाग्य रहेको छ ।

नेता महेश चौधरी विगत लामो समय देखि ओहोरात्र समाज भलोको लागी व्यक्ति गत रूपमा आर्थिक सहयोग देखि विभिन्न किसिमको सहयोग समाजमा गर्दै आएका छन् । 

उनले समाजमा गरेका कामहरू उच्च सराहनीय रहेको जनसमुदायको अपिल रहेको छ।उनले कोरोना महामारीमा  समाज सेवा गर्दा गर्दै श्रीमती स्वर्गीय सङ्गीता कर्माचार्य र नजिक कै भाइ दीपेन्द्र सिंहलाई गुमाएको दुःखद खबर हो ।

काङ्ग्रेस नेता महेश चौधरीको जित लहानको लागी उपयुक्त हुने समुदायको ठहर रहेको छ। चौधरीको जित नै लहान जनताको भलो र समृद्धि हुने लहान बासीको भनाई छ ।

काँग्रेस निर्वाचन तालिका अनुसार आइतबार सहमतिको प्रयास र सोमबार निर्वाचन प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने  निर्णय भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्