मुख्य समाचार

निमोनियाबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय

By Thah Online

November 29, 2021

काठमाडौँ।  निमोनिया एक प्रकारको छातीको सङ्क्रमण हो, जसले फोक्सोको बायाँ वा दायाँ भाग वा कहिलेकाहीँ सम्पूर्ण फोक्सोलाई नै असर गर्न सक्छ । निमोनिया भाइरस, ब्याक्टेरिया र फंगसबाट हुने गर्दछ, जसले फोक्सोमा रहेको एलभियोली अर्थात् हावा भरिने थैलीहरू सुन्निने र सङ्क्रमणका कारण पानी र पिप जम्मा हुने गर्दछ । जसका कारण फोक्सोलाई रगतबाट अक्सिजन प्राप्त गर्न कठिनाइ हुन्छ। जसले गर्दा श्वासप्रश्वासमा बाधा पुग्दछ।

एन्टिबायोटिकको व्यापक विकासका कारण न्युमोनियाको मृत्युको दर हृवात्तै घटे पनि त्यसले खतरनाक अवस्थासम्म पुर्‍याउँदछ। ७० वर्ष नाघेका व्यक्तिहरूमा  पनि अझै निमोनिया मृत्युको प्रमुख कारणहरू मध्ये एक हो।  नेपालमा बाल मृत्युको सबैभन्दा प्रमुख कारण निमोनिया नै हो । नेपालमा हरेक वर्ष निमोनियाको कारणले १५,००० बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ।  

कोभिड र निमोनिया

कोभिड -१९ संक्रमणले पनि  निमोनिया जटिल समस्याहरु निम्त्याउन सक्छ। र यसले निम्त्याइ रहेको पनि छ।  नेपालमा मात्रै नभएर विश्वभर कोभिडका जटिल बिरामीहरुमा निमोनिया देखिएको सर्वज्ञात नै छ। कोभिड र निमोनिया दुवैले फोक्सोलाई असर गर्ने गर्दछन् । कोरोना लागेका अधिकांश बिरामीहरुमा पनि श्वास–प्रश्वासको जटिलता आएको र त्यसले निमोनिया निम्त्याएको उदाहारण विश्वमा देख्न सकिन्छ। त्यसैले निमोनियाका लक्षणहरूलाई बेवास्ता गर्ने गल्तीले धेरै समस्या निम्त्याउन सक्छ। विशेष गरी, कोरोना भाइरसको यो युगमा, जहाँ यो भाइरसले फोक्सोमा सीधै आक्रमण गर्छ, त्यसैले कोरोना तथा निमोनियाका लक्षणहरूलाई बेवास्ता गर्नु हानिकारक साबित हुन सक्छ।  

लक्षणहरू 

निमोनियाका बिरामीहरुमा खोकी लाग्नु, ज्वरो आउनु, शरीर कम्पन हुनु, सास फेर्न अप्ठ्यारो हुनु, खोक्दा वा गहिरो सास फेर्दा छातीमा दुखाइ हुनु, टाउको दुख्नु, भोक नलाग्नु, शरीर गल्नु वा थकान महसुस गर्नु र वान्ता आउनु लगायतका सामान्य लक्षणहरु देखापर्न सक्छ। यदि यस्तै समस्या वा निमोनियासँग सम्बन्धित अन्य कुनै लक्षण देखापरे चिकित्सकलाई सम्पर्क गर्नु आवश्यक हुन्छ ।  

चिकित्सकलाई कति बेला देखाउने ?

सामान्य निमोनियालाई घरेलु उपचारले पनि ठिक गर्न सकिन्छ।  तर, बिरामीको गम्भीरतालाई हेरेर चिकित्सकको परामर्श लिनु महत्त्वपूर्ण हुन्छ। यदि काम ज्वरो आएमा, छाती दुखे वा सास फेर्न अप्ठ्यारो भएमा,  बिरामीको उमेर ५० वर्षभन्दा कम वा ६५ वर्ष भन्दा बढी भएमा, फोक्सोबाट रगत वा बाक्लो र पहेँलो कफका साथ खोकी आएमा, छिटो छिटो श्वासप्रश्वास भएमा चिकित्सकलाई देखाउनु आवश्यक पर्दछ।  

निमोनियाका घरेलु उपचार 

१. बेसार

एन्टिब्याक्टेरियल र एन्टीफङल गुणले भरिपूर्ण बेसारलाई निमोनिया भएका बिरामीका लागि फाइदाजनक घरेलु उपचारका लागि एक जडीबुटी मानिन्छ। निमोनियामा,काँचो बेसार वा बेसारको जराको चिया बनाएर पिउन सकिन्छ । कतिपएले अदुवा र बेसारलाई मिलाएर पानीमा उमालेर हर्बल चिया बनाउने गर्दछन् जसले गर्दा  छाती दुख्ने र निमोनियामा हुने खोकीबाट राहत मिल्ने विश्वास गरिन्छ।  

२. सरसौंको मालिश स्वस्थ फ्याटले भरपूर सरसौंको मालिश गर्नु पनि निमोनियाको लागि एक जडी घरेलु उपाय हो।  यस विधिमा सरसौंकोको तेलमा बेसार मिलाएर पकाउनु पर्ने हुन्छ। दुवै चिजलाई पकाई सकेपछि यसको लेपलाई छातीमा लगाउनाले निमोनियाका लक्षणहरुबाट राहत दिने विश्वास गरिन्छ।  यद्यपि, यस विधि प्रयोग गर्नु अघि, आयुर्वेद विशेषज्ञ र चिकित्सकसँग सल्लाह तथा परामर्श गर्नु उचित हुने गर्दछ।   

 पुन: सन्देश (Disclaimer) – यस लेखमा दिइएका रोगसँग सम्बन्धित सबै जानकारी सुचनाका लागि लेखिएको हो। कुनै पनि रोगको उपचारको सम्बन्धमा कुनै निष्कर्षमा पुग्न अघि कृपया आफ्नो चिकित्सकसँग परामर्श लिनुहोला। क्यानाडा नेपालबाट