अन्तर्राष्ट्रिय

बिना अ’पराध ४३ वर्ष जेल हालिएका निर्दोषले न्याय पाए, १९ करोड रुपैयाँ चन्दा उठाएर सहयोग

By Thah Online

November 29, 2021

काठमाडौं। न्यायको लागि धेरै ढिलाइ भयो तैपनि अन्ततः केभिनले न्याय पाए । अमेरिकाको मिसौरीको जेलमा बिना अ’पराध दोषी भनेर कैदमा राखिएका केभिन स्ट्रिकल्याण्ड कत हप्ता रिहा भए । उनलाई तीन जनाको ह’त्याको आ’रोपमा दोषी ठहर गरेर जेलमा हालिएको थियो तर यी ह’त्या उनले गरेकै थिएनन् । बिना अपराध उनले ४३ वर्ष जेलमा बिताउनुपर्‍यो ।

अब उनी रिहा भएपछि उनलाई नचिनेका तर सहयोगी मन भएका व्यक्तिहरूले उनलाई सहयोग गर्नको लागि अभियान चलाए । केभिनले यो समाजमा फेरि सम्मानपूर्वक आफ्नो जीवन बिताउन पाउन् भनेर यी सहयोगीहरूले अनलाइन चन्दा सङ्कलन अभियान चलाए । यो अभियानले सफलता पनि पायो । यो समाचार तयार पार्दासम्म २८ हजार ४ सयभन्दा धेरै मानिसहरूले उनको लागि १.५८ मिलियनभन्दा धेरै (करिब १९ करोड रुपैयाँ) जुटाइसकेका छन् ।

द गार्डियनका अनुसार मिसौरीको अपिल अदालतले गत हप्ता केभिनलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले स्ट्रिकल्याण्डलदाई दोषी ठहर गर्नको लागि प्रमाण पर्याप्त नभएको भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो । फैसला बदलियो, केभिन निर्दोष ठहरिए तर सरकारले उनलाई क्षतिपूर्ति दिने छैन । किनकि त्यहाँको कानुनअनुसार राज्यले गलत फैसलाका कारण कैदमा बसेका ती व्यक्तिहरूलाई मात्रै क्षतिपूर्ति दिन्छ जसलाई डिएनए प्रमाणका आधारमा दोषमुक्त गरिन्छ ।

केभिनका अनुसार १९७८ मा भएका ती ह’त्यासँग उनको कुनै लिनुदिनु थिएन । घटनाका बेला उनी घरमै टिभी हेरिरहेका थिए । गोलीबारीमा बचेकी मुख्य विटनेरले कैयौँ वर्ष आफ्नो बयान टार्ने कोसिस गरिन् । उनका अनुसार पुलिसले उनलाई दबाब दिइरहेको थियो । केभिनले रिहा भए पनि आफू ईश्वरप्रति आभारी भएको बताएका छन् ।

केभिन रिहा भएपछि उनलाई फेरि यो समाजमा सम्मानपूर्वक बाँच्नको लागि केही पैसा जम्मा गरिदिने उद्देश्यले मिडवेस्ट इनोसेन्स प्रोजेक्टका रोजो बुशनेलले अभियान चलाएका हुन् । उनका अनुसार केभिनसँग कुनै बैङ्क खाता छैन । उनीसँग फोन नम्बर पनि छैन र उनको पहिचानको लागि कुनै सरकारी दस्ताबेज पनि छैन । अहिले उनी आफ्ना भाइका घर बसिरहेका छन् । उनले छिटै जम्मा भएको पैसा पाउनेछन् । डिसीनेपालबाट