मुख्य समाचार

मध्यरातमा किन मागे भीम रावलले माफी ?

By Thah Online

November 29, 2021

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिनुअघि बन्द सत्रलाई नेता भीम रावलले जम्मा २ मिनेट सम्बोधन गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत सूची सार्वजनिक गरेपछि असहमति जनाउँदै आइतबार मध्यराति रावलले भनेका थिए, ‘म यति अगाडि बढिसकेको छु कि मलाई फर्किन गाह्रो छ। माफ गर्नु होला म अध्यक्ष पदमा उम्मेदवारी दिन्छु, धन्यवाद !’

आज सोमबार बिहान एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ भने रावलले पूर्व घोषणाअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिइसकेका छन् ।