अमेरिकी वैज्ञानिकहरुले बच्चा जन्माउन सक्ने रोबोट बनाए !



काठमाडौं । संसारकै पहिलो जीवित रोबोट बनाएका अमेरिकी वैज्ञानिकहरूले यो रोबोटमा प्रजनन क्षमता पनि भएको बताएका छन् । जीवित रोबोटलाई जेनोबोट भनिन्छ । वैज्ञानिकहरूले अफ्रिकी भ्यागुताको स्टेम कोशिकाहरूको उपयोग गरेर विश्वको पहिलो जीवित, स्वउपचार रोबोट बनाएका हुन् ।

जेनोबोटलाई पहिलो पटक २०२० मा सार्वजनिक गरिएको थियो । यी रोबोटको आकार निकै सानो हुन्छ । त्यति बेला गरिएका विभिन्न प्रयोगमा यी जीवित रोबोटहरू हिँड्न सक्ने, साथमा काम गर्न सक्ने र आफूले आफैँलाई उपचार गरेर ठिक गर्न सक्ने तथा खाना बिना हप्तौँसम्म जीवित रहन सक्ने भएको पत्ता लागेको थियो ।

वर्मोन्ट विश्वविद्यालय, टफ्टस विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयको भाइस इन्स्टिच्युट फर बायोलोजिकल इन्स्पायर्ड इन्जिनियरिङमा अहिले केही वैज्ञानिकहरूले जेनोबोट्स विसित गरेका छन् । सीएनएनको रिपोर्टअनुसार यी वैज्ञानिकहरूले जनावर, वा बिरुवाको भन्दा फरक जैविक प्रजननको बिल्कुलै नयाँ रूप खोजी गरेको बताएका छन् । यो रूप विज्ञानलाई अहिलेसम्म थाहा भएको कुनै रूपभन्दा बिल्कुनै अलग भएको उनीहरूले बताएका छन् ।

अहिले बनाइएको जेनोबोट गत वर्ष सार्वजनिक गरिएको बायोलोजिकल रोबोटको अद्यावधिक गरिएको संस्करण हो । यो जीवित रोबोटलाई वैज्ञानिकहरूले भ्यागुताको कोशिकाबाट तयार गरेका हुन् । यो सानो रोबोटले कैयौँ काम एकैचोटी गर्न सक्छ । यो रोबोटले कैयौँ एक्ला कोशिकाहरूलाई जोडेर आफ्नो शरीर बनाउन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

विज्ञहरूका अनुसार मानिसजस्तै भ्यागुताका कोशिकाले एक शरीरको निर्माण गर्छन् । यी कोशिकाले एक प्रणालीको रूपमा काम गर्छन् । जेनोबोट बनाउनको लागि वैज्ञानिकले भ्यागुताको भ्रूणबाट जीवित स्टेम कोशिकाहरू निकालेर त्यसलाई इन्क्युबेट गरेका थिए ।

कम्प्युटर विज्ञानका प्राध्यापक र रोबोटिक्स जोश बोंगार्डले भने ‘धेरैजसो मानिसहरू रोबोटलाई धातु र सिरेमिकबाट बनेको मान्छन् । तर यो रोबोट केवल यति मात्रै होइन । यो रोबोट आनुवंशिक रूपले परिवर्तित भ्यागुताका कोशिकाबाट बनेको जीव हो ।’ डिसी नेपालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्