तेघरा दाङमा आज राष्ट्रिय प्रारम्भिक पढाइ मेला सम्पन्न



जेठ,३१

अमिता चौधरी

DSC09948

 

नरदेबि माद्यामिक बिद्यालय तेघरा दाङमा आज राष्ट्रिय प्रारम्भिक पढाइ मेला सम्पन्न भएको छ । तेघरा श्रोत केन्द्रको आयोजनामा पढाइ मेला सम्पन्न भएको हो । बालबालिको चौतर्फी बिकास तथा पठन संस्कृतीको विकासकालागि पढाइ मेलाको आयोजना गरिएको श्रोत केन्द्र तेघराले जनाएको छ ।
पढाइ मेलाको अवसरमा भएको कार्यक्रममा कार्यक्रमका प्रमूख अतिथी जिल्ला शिक्षा कार्यालय दाङका शाखा अधिकृत देवमणी चौधरीले बालबालिकामा पछिल्नो समयमा पठन संस्कृती हराउदै जान थालेको भन्दै यस प्रकारका कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
चौधरीले यस प्रकारका मेलाले बालबालिकाको मनोभावना बुझेर कसरी शिक्षण गर्ने भन्ने कुराको ज्ञान शिक्षकलाई हुने र त्यस ज्ञानको प्रयोग बालबालिकामा हुने भएकाले पढाइ मेला फलदायी हुने विश्वास ब्यक्त गर्नु भयो ।

 

 

DSC09929
कार्यक्रममा बिशिष्ट अतिथी राष्ट्रीय प्रारम्भिक पढाइ परियोजना दाङका प्रमूख हल्लु चौधरीले बालबालिका काँचो माटो भएका कारण त्यसलाई निश्चित आकार दिने काम शिक्षकको भएका कारण शिक्षक सर्व प्रथम सम्पुर्ण ज्ञान र क्षमताले भरिपुर्ण हुनु पर्ने बताउनु भयो ।
बालबालिका भबिष्यका कर्णधार मात्रै नभएर वर्तमानका साझेदार पनि भएका कारण बालबालिकाको सर्वाङगीण बिकासकालागि शिक्षक, अभिभावक र बिद्यार्थीको त्रिकोणात्मक सम्बन्ध स्थापित गर्नु पर्नेमा जोेड दिनु भयो ।
श्रोत केन्द्र तेघरा अन्र्तरगत रहेका २३ बिद्यालयहरुका बालबालिकाहरु, जिल्लाका १५ श्रोतकेन्द्रहरुका श्रोतब्यक्तिहरुको मेलामा सहभागिता रहेको थियो । मेलामा बालकालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि बिभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना गरिएको थियो ।
नरदेबि माद्याबिक बिद्यालय तेघरा श्रोतकेन्द्रका श्रोत ब्यक्ति मोहन दाहालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नारायणपुर श्रोतकेन्द्रका श्रोतब्यक्ति हुमबहादुर केसी, माबि तेघराका प्रधानाध्यापक कमल खड्का, शान्ति देबि आचार्य लगाएतले मेलाका बारेमा आआफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।
बिद्यालय ब्यबस्थापन समितीका सदस्य ऋषीराज पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक अमर क्षितिज भण्डारीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्