दाङ । देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्युको घोषणा गरेका हुन ।
चौधरीलाई वडाकै बनगैँ जङ्गलमा पश्चिमबाट पुर्ब जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आइतबार बिहान सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
गोरुलाई ठक्कर दिँदा बस अनियन्त्रित भएर चौधरीलाई ठक्कर दिएको हो । चौधरी बिहानै बजारमा दूध छोडेर घर फर्कँदै थिए ।
गाडी र चालक अहिले प्रहरीको नियन्त्रणमा छन ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।