काठमाडौं । अमेरिकाको विभिन्न रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको पूर्ण लम्साल र विष्णु मिश्र बिचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण ‘चोखो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको शब्द रहेको यस गीतलाई नवीन कार्कीले सङ्गीतबद्ध गरेका हुन्। गीतमा विशाल निरौलाको सङ्गीत संयोजन रहेको छ ।
शैलेश घलेले छायाङ्कन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।