‘रगत चल्छ जात चल्दैन ‘



लहान  – जब कुनै मानव जीवन मृत्यु को लडाई मा हुन्छन् त्यति खेर अक्सर ज्यान जोगाउन रगत को अब्यश्यक्ता पर्दछ। त्यति बेला रगत को समूह मिलेको मान्छे को रगत प्रदान गरिन्छ। फलानो जात को मान्छे को रगत दिन्छ। 

त्यति बेला बाँच्नका लागि एक ब्राह्मण ले डोमको रगत मिले पनि चढाउँछ। तै पनि पाखण्डताको कारण जातीय विभेद गर्दछन् मान्छे। जात व्यवस्था हाम्रो समाजलाई पछाडि पार्ने मूल कारण हो। अहिलेको युगमा अरू देशमा चन्द्रमा तथा अनेक ग्रहमा पुरी सके मान्छे। रकेट तथा अनेक विमान उडाई सके मान्छे। तर हाम्रो देश नेपाल हेर्नमा सानो भए पनि सुन्दर छ। अनेक किसिमका हावा पानी पाइन्छ।

नदीनाला, बन पहाड को धनी छ। कतै फल मात्र फल्छन् भने कतै अन्न मात्र अद्भुत किसिमका जडीबुटीहरू यही पाइन्छ । सुन्दर र विशाल गाथा बोकेको देश हो यो । बुद्ध जन्मेको धर्ती हो यो। बहुल राष्ट्रिय भए को मुलुक हो। जति वर्णन गरे नि कम नै पर्छ।

तर विडम्बना र दुर्भाग्यको कुरा यो छ कि अ’पराधी महापाप हरूले वर्ण व्यवस्था ल्याएर मानव सदभावलाई नै तहसनहस बनाई दिएको छ। केही अल्प सङ्ख्यक दुष्कर्मीहरूले मानवतालाई ख्यालै नगरी निजी स्वार्थ पूर्तिका लागी मात्र देशलाई अशान्त पारिदिएका छन्। कतै धर्मका दङ्गा त कतै जातीय दङ्गा जस्ता विष फैलाइ दिएका छन्। जुन क्रोनीक क्यान्सरको रूप लिई समाज र देश लाई कैयौँ सेन्चुरी देखि तहसनहस पार्दै आइरहेका छन्। 

अहिलेसम्म पनि छुवाछुत तथा जातीय विभेद विराजमान छन्। दलित विकासका लागि दलित सशक्तीकरण ऐन प्रदेश न.२ मा  र केन्द्रमा पनि पारित भयो। विकास समिति गठन भए पनि निराशाको कुरा हुनुपर्ने यो व्यथा छ यी विकास समितिहरू बजेट पचाऊ अभियानमा मात्र सीमित रहेका छन्।  हाम्रा अगुवा तथा क्रान्तिकारी कहलाउनेहरू पनि परिवर्तन गर्ने अभियान लाई निजी रोटी सेक्ने थाप्लो बनाएर मात्र प्रयोग गर्दैन।

यदि अगुवा नेता कहलाउनेहरू इमानदारीले काम गर्‍यो भने र मालिकहरूको अगाडि आत्मसमर्पण गरेन भने समाज छिट्टै परिवर्तन हुन्छ। तर चम्चागिरीको बिमारी पनि कोरोना भन्दा कडा रूपले फैली सकेका छन्। 

   

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्