चितवन
नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादीले शनिबार चितवनमा संयुक्त अन्तर्किया तथा सहिद परिवारलाई अभिनन्दन कार्यक्रम सम्पन्न गरेका छन । सहिद सप्ताहको अवसर पारेर उक्त कार्यक्रम गरिएकोहो ।
चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा रहेको सभा हलमा सम्पन्न कार्यक्रममा अतिथिको तर्फबाट बोल्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेकपाका नेता विप्लव र धर्बेन्द बास्तोला कन्चनको नाममा जारी भएको पक्राउ पुर्जी जारी गर्नु र नेता सुदर्शनको पक्राउलाई प्रचण्ड र केपीको पराजित मानसिकताको उपज भएको बताएका छन ।
क्रान्तिको निम्ति वस्तुगत परिस्थिति बन्दै गएको र जनता क्रान्तिकारीहरुको मोर्चा गोल्बन्द हुँदै गरेको कारण केपी पिके हातासिएर क्रान्तिकारीहरुलाई विभिन्न मुद्दा लगाइ फसाउने षड्यन्त्र गरेको भन्दै त्यो षडयन्त्र सफल हुनै नसक्ने जिकिर गरे ।
किरणले पार्टी एकता बारे वामहरु गोलबन्द हुनु पर्ने बताए । नेकपासँगै छिट्टै एकताको प्रयास भएको र एकता प्रक्रियालाई मुर्त रुप दिन संयुक्त कार्यक्रमको आयोजना गर्न लागिएको खुलसा समेत किरणले गरे ।
सम्बोधनको अन्त्यमा किरणले प्रचण्डलाई आफूले विश्वाश गर्नु ठुलो भुल भएको भन्दै प्रचण्ड महा फटाहामा परिवर्तन भएको टिप्पणी समेत गरे ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै घाइते तथा अपाङ्ग समाजका प्रतिनिधि अमर गोपलिले किरण तर्फ इङ्कित गर्दै जन्युद्धमा आफ्नो नेतालाई डोकोमा बोकेर पनि युद्द मोर्चा सामलेको भन्दै एकीकृत जनक्रान्तिलाई सफल बनाउन नेताहरुलाई हावाइ जहाजमा पनि चढाउन तयार रहेको धारणा राखे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।