सैघाली खबर,
तुलसीपुर २० फागुन ।
पछिल्लो समय दाङमा पिपिआर रोगको संक्रमण बढ्न थालेपछि त्यसलाई न्यूनिकरण गर्न दाङमा पनि अभियान चलाईएको छ । जिल्ला पशु सेवा कार्यालय दाङका अनुसार पिपिआर अबको केही बर्षमा दाङबाट पिपिआर रोगको अन्त्य गर्न अभियान चलाईएको छ ।
जिल्ला पशु सेवा कार्यालय दाङका पशु बिकास अधिकृत चन्द्र बहादुर राणाले चालुआर्थिक बर्षमा जिल्लाका पशुहरुमा १ लाख २० हजार भ्याक्सिन लगाउने योजना बनाएका बताए । ‘दाङबाट हामीले पशुमा देखिने पिपिआर रोग नियणत्रण गर्ने लक्ष्य लिएका छौं’ उनले भने ‘ त्यसका लागि पशुमा खोप लगाउने अभियान जारी छ ।’
भारतबाट भेडा,बाख्रख,खसी ल्याउने गर्न पनि नेपालमा पनि पिपिआर रोग भित्रन थालेको उनको भनाई छ । त्यसका लागि माघ १४ देखि २० सम्म पशुमा खोप लगाउने अभियान चलाएको उनले बताए । खोप लगाउने अभियान अहिले पनि जारी रहेको राणाले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।