बैदेशिक रोजगार

यूएईमा परिवर्तित साप्ताहिक बिदा अढाई दिन ! रोजगारीमा व्यापक सहजता

By Thaha - Online

December 10, 2021

काठमाडौं | युनाइटेड अरब इमिरेट्स (यूएई)ले परिवर्तित साप्ताहिक बिदाले रोजगारीमा व्यापक सहजता ल्याएको छ । साप्ताहिक बिदा कार्यान्वयनका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ । यूएई सरकारले शुक्रवारदेखि आइतबारसम्म लागू हुने गरी  हप्ताको साढे चार दिन मात्र काम गर्ने निर्णय मंगलबार सार्वजनिक गरेको थियो । 

विश्वका अन्य देशमा हप्ताको ६ दिन दैनिक ८ घण्टा काम गर्नु परेको अवस्थामा यूएईले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको निर्णय सार्वजनिक गरेकोे हो । सार्वजनिक बिदाको नयाँ निर्णयले काम र जीवनको तालमेलमा सन्तुलन मिलाउने र उत्पादत्वमा वृद्धि गर्ने सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय समाचारपत्रहरूले टिप्पणी गरेका छन् ।

नयाँ निर्णय अनुसार अब शुक्रबार आधा दिनपछि शनिवार र आइतबार बिदा दिएर साढे चार दिनको कार्य हप्ता हुने गल्फ न्यूजले जनाएको छ । नयाँ निर्णय आगामी जनवरी पहिलो तारेखदेखि कार्यान्वयनमा आउने बताइएको छ । त्यसका लागि यूएईको निजी क्षेत्रले तीन हप्ताको तयारी समय पाएको छ ।