सात प्रदेशमा सात व्युरो



सैघाली खबर
दाङ , २० फागुन

 

सैघाली मिडिया प्राली द्वारा संचालित सैघाली खबर पत्रिकाले सातवटै प्रदेशमा सात वटा व्युरो कार्यालय खोल्ने भएको छ । दाङको घोराही वाट सञ्चालन हुदै आईरहेको अनलाईन खबर पत्रिकाले प्रदेश व्युरो कार्यालय खोल्ने भएको हो । आम नागरिकलाई सुचनाको पँहुचमा ल्याउने , सत्यतथ्य सुचना सुसुचित गर्ने उद्देश्यले सैघाली खबर पत्रिकाले संघिय संरचना अनुसार कार्यालय खोल्ने तयारी गरेको हो । पत्रिकाका संचालक यादव सैघालीको अध्यक्षतामा तथा सल्लाहाकार सविन प्रियासन प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले प्रदेश कार्यालय खोल्ने निर्णय गरेको हो ।

प्रदेश नंं. ३ को व्युरो प्रमुखमा केसी 
सैघाली अनलाईन खबर पत्रिकाको प्रदेश नंंं. ३ को व्युरो प्रमुखमा पत्रकार आस्था केसी रहनुभएको छ । दाङमा लामो समय सम्म पत्रकारिता गरी हाल काठमाण्डौमा रहनुभएकी पत्रकार केसीलाई व्युरो प्रमुखमा नियुक्त गरिएको छ । प्रादेशिक संचरना अनुरुप उहाँलाई नियुक्त गरीएको हो ।

यसैगरी प्रदेश नं. ५ को व्युरो प्रमुखमा पत्रकार गिरीराज नेपाली लाई नियुक्ती गरिएको छ । दाङको विभिन्न सञ्चार माध्यममा काम गर्दै आईरहनुभएका नेपाली सैघाली अनलाईन खबर पत्रिको सह–सम्पादक समेत रहनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्