३ करोड रुपैयाँ मूल्यको थोत्रो भलिबल



एजेन्सी । यो थोत्रो भलिबल हो । माथिपट्टि भवाङ परेको यो भलिबल लिलामीमा ३ लाख ८ हजार डलरमा विक्री भएको छ । अर्थात् यसको मूल्य ३ करोड नेपाली रुपैयाँभन्दा बढी परेको छ ।

यो सामान्य भलिबल भने होइन । सन् २००० मा प्रदर्शन भएको एउटा चलचित्रमा प्रयोग भएको भलिबल हो ।

टम ह्यान्क्स मानवरहित टापुमा एक्लो बाँचेको कथामा आधारित चलचित्रमा यसको प्रयोग भएको हो । चलचित्रमा उनको नाम विल सन थियो । एक्लो हुँदा उनको साथी यही भलिबल थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्