प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिने



सैघाली खबर,
काठमाडौं, २० फागुन। – प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते संसदमा विश्वासको मत लिनुहुने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा यसबारे सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रधानमन्त्री ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो । निर्वाचन तालिकानुसार सभामुखको चुनाव फागुन २६ गते, राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन ३०, उपसभामुखको चुनाव आउने चैत २ र राष्ट्रियसभा उपाध्यक्षको चुनाव चैत ४ हुँदैछ ।

बैठकमा संघीय संसद् सञ्चालनका लागि तत्काल आवश्यक पर्ने अन्तरिम कार्यविधिलाई सामान्य संशोधनसहित भोलिको पहिलो बैठकमा प्रस्तुत गरिने र भोलि नै पारित गरिने सहमति भएको उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्