सैघाली खबर,
तुलसीपुर २० फागुन ।
आफ्नो नाम पनि थाहा छैन्, घर पनि थाहा छैन् । दिनभर बाटोमा हिडिरहेका हन्छन्, यी बालक । कठ्याङ्ग्रीदो जाडोमा न्यानो दिने, बर्षादको झरीबाट बचाउने र चैत बैशाखको गर्मीमा सीतल छहारि दिने उनको एउटै घर हो, सडक पेटी । उनी बिगत लामो समय देखि तुलसीपुर बजारका बिभिन्न गल्लीलाई आफ्नो घर ठान्दै आएका छन् । मानसिक सन्तुलन गुमेका , १७÷१८ बर्ष जस्तो देखिने यी बालक, कहाँबाट आएका हुन्, कस्का छोरा हुँन्, केसैलाई केही पनि थाहा छैन् । भोकलागेको बेला फोहोरको थुप्रोमा फालिएकार सडे गलेका खानेकुरा खान्छन्, कसैले दियो भनेर मागेर पनि खान्छन् । उनको घर कहाँ हो ? सोध्दा पनि जवाफ दिदैनन् । राज्यले यस्ता बालबालिकाका लागि कुनै उचित व्यबस्थापन गर्न सकेको छैन् । भखरै मात्रै जनप्रतिनि पाएको स्थानीय सरकारले पनि यस्ता बालबालिकाको व्बस्थापनमा कुनै ध्यान दिएको छैन् । ती बालक मात्रै होईनन्, अहिले धेरै यस्तै ब्यक्तिहरु सडकमा रातकटाउन बाध्य छन् । मानसीक सन्तुलन गुमेकाहरुका लागि छुट्टै ऐन कानुन नवनेले ब्यबस्थापनमा समस्या भएको सरोकारवाला निकायले बताए । छाडा पशुचौपायको संरक्षणमा जुटिरहेका बेला, छाडारुपमा रहेका मानिसलागि मानवीय नाताले पनि राज्यले वा स्थानीय तहले उनीहरुको संरक्षण र पालपोषण गर्नु पर्ने सरोकारवालाहरु तर्क गर्छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।