विप्लव नेतृत्वले एमसीए कार्यालय घेराउ ( भिडियो )



काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजको माग गर्दै दलीय मोर्चाले काठमाडौँस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) कार्यालय अगाडि घेराउ गरेका छन् । विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी र मोर्चाहरुले एमसीए कार्यालय अघि प्रदर्शन गरेको जनाइएको छ ।

उनीहरूले संयुक्त राजनीतिक पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार एमसीए कार्यालय घेराउ गरिएको बताएका छन् । उनीहरूले एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्ति शक्तिहरू एक हौँ,लगायतका नाराहरू लगाउँदै एमसीए कार्यालय घेराउ गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय घेराउलगायत संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्