सैघाली खबर,
तुलसीपुर २० फागुन ।
प्रदेश नंबर पाँचका मुख्य मन्त्री शंकर पोख्रेल दाङ आउने भएका छन् । मुख्यमन्त्री भएको पहिलो पटक उनी दाङ आउन लागेका हु्न् । तुलसीपुर उपमहानगरपालिकाले आयोजन गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन पाँच नंबर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने भएका छन् । नीति तथा कार्यक्रम अनुसार खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गरिएको खेलकुद प्रतियोगिताको उद्घाटन गर्न उनी दाङ आउन लागेका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली ( माईकल) का अनुसार खेल उद्घाटनका लागि मुख्य मन्त्री पोख्रेललाई दाङ निम्त्याईएको छ । पहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ , २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववइ नदीमा विच भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । ५ नम्वर प्रदेशमै पहिलो पटक विच भलिबल खेलको आयोजना गरिएको हो । उनले पर्यटन प्रवद्र्धन गर्नका लागि पनि मद्धत पुग्ने संयोजक माईकलले बताए । खेलकुद प्रतियोगितामा १९ वटै वडाका खेलाडीहरु सहभागि हुनेछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।