राष्ट्रियसभाका तीन मनोनित सदस्यको सुनुवाई स्थगित,



सैघाली खबर,
काठमाडौं २० फागुन । केपी ओली सरकार मनोनित गरेको राष्ट्रियसभाका तीन सदस्यविरुद्ध परेको रिटको सुनुवाई स्थगित गरेको छ ।

अघिल्लो सरकारले गरेको मनोनित खारेज गर्दै ओली सरकारले मनोनित गरेका युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई मनोनित गरेको थियो ।

उनीहरुका विरुद्ध परेको रिटमा न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा आज बहस सुरु भएको थियो । निवेदकका तर्फबाट बहस गर्दै अधवक्ता बाबुराम जोशीले न्यायधिश राउतले अन्तरिम आदेश दिएको र अघिल्लो सरकारको महान्यायधिवक्ता भएकोले मुद्दा हेर्न नमिल्ने जिकिर गरेपश्चात सुनुवाई स्थगित भएको थियो ।

यसअघि नै तीनै जनालाई सपथ रोक्न अन्तरिम आदेश भईसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्