वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ‘बढ्दो ’



काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कात्तिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १ सय ७ महिला र एक हजार ६ सय ८५ पुरुषले श्रम स्वीकृति लिएका छन् ।

सरकारले गत साउन र भदौमा गरेको लकडाउनयता पनि रोजगारीका लागि विदेश जान अत्यधिक सङ्ख्यामा श्रम स्वीकृति लिएको पाइएको हो । दश स्थानीय तह रहेको खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा ६० हजारभन्दा बढी नागरिक विभिन्न देशमा पुगेका सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए ।

मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना कहर बिच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका छन् । साझासवलबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्