टप फिचर

आज मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान

By Thaha - Online

December 15, 2021

आगामी तीन दिनको मौसम पूर्वानुमान

 

२०७८ मङ्सिर २   गते ( बुधबार )

दिउँसो : देशको  पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

राती : देशको  पहाडी भू-भागमा आंशिक बदली  रही    बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

२०७८ पौष १   गते (बिहीबार)

दिउँसो : प्रदेश १ तथा प्रदेश २  मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ पौष    गते ( शुक्र बार )

दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनीमा आंशिक देखि सामान्य बदली रहने साथै गण्डकी तथा प्रदेश १का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।