राजपा सहितको बैठक बस्दै ।।



असार १,

RAJAPA-NEPAL-26042017075959-1000x0

राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने प्रयास स्वरुप राष्ट्रिय जनता पार्टीसहित प्रमुख दलको बैठक आज बस्दैछ । असार १४ गतेको चुनाव सार्ने वा सोही मितिमा गर्ने, रापाका माग कति सम्म सम्बोधन गर्न सक्ने नसक्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान १० बजे बस्ने बैठकमा रापालाई चुनावमा सहभागि गराउन अधिकतम प्रयास गरिने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको बैठकमा राजपाले स्थानीय तहको असार १४ को चुनाव सानुपर्ने माग गरेका थिए । तर, प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले असार १४ को चुनाव सार्न नसकिने अडान लिएपछि बैठकमा सहमति जुट्न सकेन । एमालेले पहिलो स्थानीय तहको चुनाब सम्पन्न गराउन सहयोग गरे, त्यसपछि संविधान संसोधन लगाएतको बिषयमा सघाउने बताउदै आएको छ । तर, राजपाले चुनाब अघि आफ्नो माग सम्बोधन नभए चुनाबमा जान नसकिने बताउदै आएको छ । राजपाका नेताहरुलाई १० बजे भेट्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसंग छलफल गर्नुहुने भएको छ । राजपा र आफ्नै पार्टीका नेताहरुको सल्लाह बमोजिम प्रदेश नम्बर २ मा चुनाव सार्न सकिने नसकिने बिषयमा प्रधानमन्त्रीले आयोगसंग छलफल गर्नुहुने छ । यस्तै राजपाको असहमतिका बिचबाट चुनाव गराउन आयोगलाई पर्ने अफ्ठेरो र सरकारको सहयोगका बारेमा पनि उहाँले छलफल गर्नुहुने बताईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्