बेलझुण्डी खानेपानीको अध्यक्षमा तीनको प्रतिस्पर्धा



सैघाली खबर

दाङ , २० फागुन । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा तीन जना प्यानल सहित अध्यक्षमा उत्रिएका छन् । संयुक्त बाम गठबन्धनबाट अध्यक्षमा संस्थाका सचिव विनयकुमार पोख्रेल उत्रिएका छन् भने नेपाली काग्रेसबाट संस्थामा तीन कार्यकाल अध्यक्ष सम्हाली सकेका प्रदीप गौतम उत्रिएका छन् । संस्थाको अध्यक्षमा उत्रिएका गौतम र पोख्रेल नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कार्यालयका कर्मचारी हुन् । प्रदीप गौतम उपसचिव हुन् भने विनयकुमार पोख्रेल सोही कार्यालयका अधिकृत हुन् ।

त्यसैगरी स्वतन्त्र प्यानलबाट घनश्याम गौतम अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त बामगठबन्धनबाट उपाध्यक्षमा मनकुमारी महत, सचिवमा चित्रा धिताल, कोषाध्यक्षमा बसन्त थापाको उम्मेद्वारी दर्ता भएको छ भने नेपाली काग्रेसकोतर्फबाट उपाध्यक्षमा दुई कार्यकाल उपाध्यक्ष सम्हाली सकेका केशवराज पौडेल, सचिवमा पुष्पा डाँगी, कोषाध्यक्षमा फर्साराम बस्नेतको उम्मेदवारी रहेको छ । घनश्याम गौतम अध्यक्ष रहेको प्यानलबाट उपाध्यक्षमा शिवकुमार केसी, कोषाध्यक्षमा इन्दिरा रिजालको उम्मेद्वारी दर्ता भएको छ । स्वतन्त्रबाट कोषाध्यक्षमा चन्द्रा वलीको उम्मेदवारी परेको छ । त्यसैगरी बामगठबन्धबाट सदस्यह?मा रेवती विश्वकर्मा, विश्रामी चौधरी, क?णा खडका, तुलसीराम चौधरी, प्रेमलाल चौधरी, शेरबहादुर बस्नेत, शसीधर पौडेल, वेगमबहादुर विष्ट र हिमबहादुर घर्तीको उम्मेदवारी परेको छ ।

नेपाली काग्रेसको तर्फबाट सदस्यहरुमा कर्णबहादुर वली, धना वली, खुमा वली, सुकबहादुर बस्नेत, इवाकुमारी लामिछाने, प्रभा बुढाथोकी, रेश्मीराम खडका, शेषमणि बुढाथोकी र ताराबहादुर खत्रीको उम्मेदवारी परेको छ ।

स्वतन्त्रबाट सदस्यहरुमा धनबहादुर वली, शालीकराम डाँगी, सेवकराम खनालको उम्मेदवारी परेको छ । राजनीतिक सहमतिका नाममा झण्डै दुइ महिनासम्म खानेपानी संस्था कार्य समिति विहिन बनेको थियो । संस्थाको निर्वाचन फागुन २६ गते हुन थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्