सैघाली खबर
दाङ, २० फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले पूर्वाधार विकासमा ध्यान दिने वताउनु भएको छ । लमही नगरपालीकाको दोस्रो नगरसभाको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनतालाई सुखी र खुसी वनाउने योजना स्थानीय सरकारले आफ्नो प्राथमिकता भित्र राख्नुपर्ने र प्रदेश सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने वताउनु भयो । पोखरेल सम्वोधनको अधिकांस समय स्थानीय सरकारले गर्नुपर्ने प्राथमिकताका विषयमा पोखरेलले चर्चा गर्नु भयो । आफुहरुको जोड अहीले कानुन र संयन्त्र निर्माणमा रहेको वताउनु भयो ।
मुख्यमन्त्री पोखरेल साईन वोर्ड देखेर मात्र यो ठाउँमा छौं भन्ने प्रचलनको अन्त्य गर्न नगरपालीका भित्र प्रवेश गरीसकेपछी यहाँका वनेका संरचनालेनै आफै आफ्नो परिचय दिनेगरीको संरचनागत विकास गर्न सकिने उहाँले वताउनु भयो । स्थानीय तहले वनाउने निति जनता संग प्रत्यक्ष जोडीनुपर्ने वताउनु भयो । प्रदेश स्तरमा अहीले कानुन वनाउन थालीएको भन्दै उहाँले स्थानीय तहहरुले पनि कानुन वनाउने र त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राख्नु भयो । नगरवासीलाई आम्दानी हुने ठाउँमा लगानी लगाउन नगरपालीकाले प्रेरीत गर्नुपर्ने उहाँले वताउनु भयो ।
नगरप्रमुख कुलबहादुर केसीको अध्यक्षता एवम् प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यत्रममा उपप्रमुख देवका वेल्वासेले स्वागत र प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले सञ्चालन गर्नु भएको थियो । यसैगरी नगरपालीकाले मुख्यमन्त्री शंकर पोखरेल सहीत प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, ईन्द्रजीत थारु, सरस्वती गौतम र दामा शर्मालाई सम्मान गरेको छ । दोस्रो नगरसभा उद्घाटन कार्यक्रममा नगरप्रमुख कुलबहादुर केसीले दोसल्ला ओढाएर मुख्यमन्त्री सहीत प्रदेशसभा सदस्यलाई सम्मान गर्नु भएको हो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।