आर्थिक

मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाले पनि मतदान गर्न पाउँने

By थाहा अनलाइन

May 13, 2017

वैशाख ३०, २०७४- मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाले पनि मतदान गर्न पाउँने भएका छन् ।

निर्वाचन आयोगले शनिबार साँझ गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधीशप्रसाद यादवले यस्तो वताउनु भएको हो । ‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशस् मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको छ,। मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको आयुक्त यादवले वताउनुभयो । यसैबीच आयोगले भोली आइतबार पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरूका लागि सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।