मालपोत कार्यालय दाङका कर्मचारी १० बजेपछि मात्र हाजिर



सैघाली खबर

दाङ, फागुन २० । मालपोत कार्यालय दाङका कर्मचारीहरु कार्यालय समयभित्र उपस्थित नहुने गरेको पाईएको छ । भ्रष्टाचार विरुद्ध काम गर्दै आईरहेको बागेश्वरी असल शासन क्लब (बास) दाङ शाखाले आईतबार गरेको छड्के अनुगमनका क्रममा धेरै जसो कर्मचारीहरु १० बजे पछि मात्रै कार्यालय आउने गरेको पाईएको हो ।

विहान १० बजे भित्र कार्यालयमा हाजिर लगाई सक्नु पर्ने भएपनि अनुगमनका क्रममा कार्यालय प्रमुख नै उपस्थित नभएको भेटिएको नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले बताउनुभयो । बास दाङका अध्यक्ष नवीन अभिलाषी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, मानवअधिकारकर्मी सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी सहितको अनुगमन टोली विहान १० बजे मालपोत कार्यालयमा पुगेको थियो ।

अनुगमन टोली कार्यालयमा पुग्दा केहि कर्मचारीहरु बाहेक धेरै जसो कर्मचारीहरु समय भित्रै आउन नसकेको फेला परेको बास दाङका अध्यक्ष नवीन अभिलाषीले बताउनुभयो । उहाका अनुसार कार्यालय प्रमुख नै समयमा नआएको देखिएको छ । भ्रष्टाचार विरुद्ध शुद्धिकरण अभियान अन्र्तगत बास दाङले आईतबार मालपोत कार्यालय दाङका प्रमुख रामप्रसाद खनाललाई ज्ञापन पत्र समेत बुझाएको छ । मुलुक भ्रष्टाचारको कुचक्रमा फसेर अशुद्ध बनेको समयमा हरेक सरकारी निकाय तथा गैर सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति र लापरबाहिका बिरुद्ध शुन्य सहनशिलताको बिकास गर्नु आबश्यकता महसुस गर्दै कुनै पनि सरकारी निकाएले बिना झण्झट सरल र सहज ढंगले जनतालाई सुबिधा दिन बास दाङले आग्रह गरेको छ ।

ज्ञापनपत्र मार्फत मालपोत कार्यालयमा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण, बिभिन्न बहानामा लिईने घुस लिन तत्काल बन्द गर्नुपर्ने, नियमित रुपमा नागरिकका गुनासो सुनुवाई गर्नुपर्ने, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गर्नुपर्ने, सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीलाई सक्रिय बनाउनुपर्ने, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराउनुपर्ने, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्नुपर्ने, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गर्नुपर्ने, नागरिक बडापत्र उचित स्थानमा राख्नुपर्ने र गुनासो पेटिकाको उचित व्यवस्था गर्नुपर्ने माग गरीएको छ । यस्तै बिभिन्न बाहनामा सेवाग्राहीहरुलाई दुःख दिन बन्द गर्नुपर्ने, सेवा, प्रबाहलाई चुस्त, दुरुस्त बनाउनुपर्ने, नागरिकहरुसँग दोहोरो सम्बाद शुरु गरि सुशासन बाहलिका लागि तत्काल पहल थाल्नुपर्ने र भ्रष्टाचार बिरुद्धको प्रतिबद्धता तत्काल सार्वजनिक गरि व्यवहारमा उतार्नुपर्ने लगाएतको माग राखेको छ ।

बास सस्थाको तर्फबाट ज्ञापनपत्र बुझाउँदै नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले काम भएपनि नभएपनि समयमै कर्मचारीहरु कार्यालयमा आईसक्नुपर्ने बताउनुभयो । यस्तै पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले कर्मचारीहरुको विद्युतिय हाजीरि मेसिन जोड्न सुझाव दिनुभयो । जस्ले गर्दा समयमै कार्यालयमा नआउने र समय भन्दा छिटो निस्कने कर्मचारीहरुको तथ्यांक रहने उहाको भनाई छ । सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीले आर्थिक चलखेल मात्रै भ्रष्टाचार नभई समयको पालना नगर्नु पनि भ्रष्टाचार भएकाले त्यसलाई सच्याउन आग्रह गर्नुभएको थियो ।

अनुगमन टोली संग कुरा गर्दै कार्यालय प्रमुख खनालले कारणबस आफु आज कार्यालय समयमै आउन नसकेको जानकारी गराउनु भयो । आफु आएको १५१६ दिन मात्रै भएकाले पनि अहिले सम्म कुनै गुनासोहरु सुन्न नपरेको भन्दै केहि समस्या आएका तत्काल त्यसको समाधान तर्फ आफुहरु लाग्ने उहाले बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्