असीम क्षेत्रीको “रोधिघरमा भेटम” हेर्नुहोस् (भिडियो सहित)



कपिलवस्तु । लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले लोक संस्कृति झल्किने “रोधिघरमा भेटम” सार्वजनिक भएको छ । विशेष गरि यस गीत तथा भिडियोमा गाउँ समाजको यथार्थ चित्रण गरि रोधिघरमा गाइने शब्दहरूको प्रयोग गरिएको छ । गीतमा दर्जनौँ एल्बममा मोडलिङ गरिसक्नुभएका असीम क्षेत्री र संयौ एल्बममा मोडलिङ गरिसक्नुभएकी चर्चित मोडल मालती घले नृत्य तथा अभिनय गर्नुभएको छ ।

आफूले मन पराएको मान्छेसङ रोधिघरमा भेटी नाचेर गाएर झल्को मेट्ने खालका शब्दहरूलाई गीतमा समावेश गरिएको छ । उक्त भिडियोमा नृत्य गरेका असीम क्षेत्री बहुचर्चित एल्बम बजाऊ माया थपडी, दमिनी, रुन नपरोस्, मन प¥यो, सर्ट मुभी लगायतका थुप्रै एल्बमहरूमा अभिनय गरिसकेका छन् भने उहाँले अभिनय गरेका पञ्चे बाजा र झिमझिम परेली एल्बम छिट्टै बजारमा आउँदै छन् ।

सपना सापकोटाको निर्देशन, सुरेश भुर्तेल र सीता केसीको स्वर, रिजन बास्ताकोटिको लय, राजु गुरुङको कोरियोग्राफी, सुरेश भुर्तेलको सङ्गीत रहेको उक्त गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्