पूर्णिमा र लाक्पाको ‘आइ लभ यु’



काठमाडौँ । लाक्पा लामा र पूर्णिमा लामाको अभिनय रहेको ‘आइ लभ यु’ बोलको गीत सार्वजनिक भएको छ ।  उक्त भिडियो हृयाङ टिभी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ  ।

भक्तपुरको तोङबा स्टेसनमा भएको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को उपाध्यक्ष तथा प्रमुख अतिथि टासी लामाको उपस्थितिमा  सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथि लामाले तामाङ समुदायको भेसभुसालाई प्रवद्र्घन गर्नका लागि तामाङ म्युजिक भिडियोहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आजको आधुनिक युगमा भाषाको विकास सँगै  माया प्रतिको मिश्रणले पनि अदृश्यरुपमा संस्कृतिको नेतृत्व गरिरहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल, युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामाले भनाइ राखेका थिए ।

गायक दुत राज लामा र गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको गीतमा शब्द कुमार स्याङतान र सङ्गीत दूतराज लामाको रहेको छ ।
विवेक लामाले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् भने एरेञ्ज  बुद्ध स्याङतान र मिक्सिङ दिपेश प्रधानले गरेका हुन् ।

पत्रकार सम्मेलनमा कार्यक्रम संचालक सुदिन  दोङले ब्योन म्यारो पीडित रविन्स लामालाई बचाउन विशेष अनुरोध गरेको छ । गायक दूतराज लामालाई १५ वर्षको कलिलो उमेरमा ब्योन म्यारो रोगबाट थलिएको थियो तर धेरै साथ सहयोगबाट नयाँ जीवन पाउन सफल भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्